काठमाडाैँ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि सरकारले मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको संक्रमण बढेको निचोडसहित अर्को सूचना नआउन्जेललाई सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले अनलाइनमार्फत कक्षा सञ्चालन गर्न निर्देशन दिने निर्णय पनि गरेको एकजना मन्त्रीले जानकारी दिएका छन्। बैठकले विद्यालय र क्याम्पससहितका सबै किसिमका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
आइतबार कोभिड संकट व्यवस्था समिति (सीसीएमसी)ले सञ्चालन भइरहेका र हुन बाँकी सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले त्यही निर्णयलाई सदर गरेको हो ।
तपाईंको प्रतिकृया



