काठमाडौँ । सरकारले आन्तरिक उडान चालु राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गरेका सिफारिस पनि पारित गरेको हो ।
बैठकले अन्तर्राष्ट्रिय तथा अन्तरिक हवाई उडान तत्काल नरोक्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय हवाई उडानबाट आएका नेपालीलाई १० दिन होम क्वारेन्टिन र विदेशी नागरिकलाई होटल क्वारेन्टिनमा राखिनेछ ।
यसैगरी तत्काल सीमा नाका पनि बन्द नगरिने भएको छ । भारतसँगको स्थल सीमा नाकाहरुबाट नेपालीहरुको आवतजावत बन्द नगर्ने निर्णय भएको परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार सीमा नाका नेपालीलाई खुला गरिएपनि गैरनेपालीको हकमा भने विशेष अवस्थामा बाहेक आवतजावत गर्न दिइने छैन । सीमा नाकालाई व्यवस्थित गर्ने र आवागमन रोक्नुपर्ने ठाउँमा स्थानीय प्रशासनलाई नै त्यसको अख्तियारी दिने निर्णय भएको छ ।
प्रतिकृया दिनुहॊस