एनएमबी बैंकको ‘कन्ट्याक्टलेस’ कार्डबाट बस भाडा तिर्न सकिने

काठमाडौं । एनएमबी बैंकले हालको परिवेश र सुरक्षाको आवश्यकतालाई मध्यनजर गर्दै बस भाडा तिर्नको लागि ‘कन्ट्याक्टलेस’ कार्ड जारी गरेको छ ।

घरमै बसी ओम्नी च्यानल मार्फत खाता लगायत विविध बैंकिङ्ग सेवाको सफलतापूर्वक सञ्चालन भएसँगै एनएमबी बैंकले कोभिडबाट सुरक्षाको साथै क्यासलेस समाज निर्माणमा सहकार्य गर्न फिन्टेक इन्टरनेशनलसँग सहकार्य गर्नेगरी समझदारी गरेको छ ।

यात्रीले तय गरेको दूरीका आधारमा उक्त कार्डबाट बस भाडा स्वतः गणना हुनेछ र सो भाडा कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्न सकिनेछ । यस्तै प्रकारको भुक्तानी प्रणाली विश्वको विकसित मुलुकको शहरहरुमा प्रयोग भइरहेको पाइन्छ ।

हालको प्रतिकुल परिस्थितिमा ग्राहकलाई बस भाडा तिर्ने कार्यमा सहजता होस भन्ने उद्देश्यका साथ बैंकले यो सेवा थालेको हो । हाल संयुक्त यातायात र मत्स्य राजधानीका २० वटा बसमा यो सुविधा उपलब्ध भइरहेकोे र अरु विभिन्न बस ब्यवसायीहरुसँग सहकार्य गरी सेवा विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ ।

यो सेवा डिजीटल भुक्तानीको क्षेत्रमा एक कोसेढुंगा सावित हुने बैंकको भनाइ छ । एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री