३ हजार १ सय २२ संक्रमित, उपत्यकामा मात्रै १ हजार ४ सय ९८

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौँ उपत्यकामा मात्रै थप १ हजार ४ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका १ हजार १ सय ३२, ललितपुरका २७० तथा भक्तपुरका ९६ जनामा संक्रमण पुष्टि भएको हो।

देशभर २५२ जनाको आइसियु तथा ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले वताएकाे छ। पछिल्लो २४ घण्टामा थप ४५० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । गएकाे चौबीस घन्टामा ९ हजार २ सय ९२ पीसीआर तथा ७८६ एन्टिजेन परीक्षण भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री