काठमाडौं । सिटिजन्स बैंकले क्यूआर कोडको प्रयोगलाई प्रोत्साहन गर्न सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । बैंकले २ मिनेटको छोटो भिडियोमा क्यूआर कोड प्रयोगबारे सन्देश सरल ढंगले दिएको छ ।
भिडियाेमा देखाइए अनुसार बाबुले छाेराेकाे कारण स्मार्ट फाेन खरिद गरेका छन् । उनले आफ्नो कार्यालयमा कलमले कपीमा लेख्दै गर्दा उनका सहकर्मीले कम्प्युटरको जमानामा कलमले नलेख्न सुझाव दिन्छन् ।
कार्यालयमै सहकर्मीहरुसँग चिया पिउँदै गर्दा एक जना स्टाफले उनलाई फेसबुकमा साथी बन्न अनुराेध गर्छन् । तर, उनले दैनिक भेटघाट भइरहेकाे भन्दै स्टाफको कुरा वेवास्ता गर्दै अगाडि बढ्छन् ।
उनी अफिसबाट घर फर्किँदै गर्दा बाटोमा एक जना युवती दुर्घटनामा पर्छिन् । ती युवतीलाई उनले लागि नजिकैको मेडिकलमा लिएर उनका लागि पानी बेन्डिज खरिद गर्न खोज्दा उनीसँग खल्तिमा नगद रुपैयाँ नभएको भिडियो देखाइएको छ ।
त्यतिखेरै उनले आफ्नो छोराले घरमा भनेको कुरा सम्झिन्छन् र पानी र बेन्डेज खरिद गर्न उनी खल्तिबाट स्मार्ट फोन समात्दै क्यूआर कोड मार्फत पैसा भुक्तानी गर्छन् । यो सन्देशमूलक भिडियोले सबैको मन जित्नेछ भन्ने अपेक्षा लिएको छ ।



