काठमाडौं । लक्ष्मी बैंकको प्रिमियम बचत खाता अरेन्ज सेभिङ्स प्लसबाट ग्राहकहरूले अब ४.५ प्रतिशत वार्षिक ब्याजदरको साथै थप आकर्षक सुविधाहरू प्राप्त गर्न भएका छन् ।
बैंकको अनुसार अरेन्ज सेभिङ्स प्लस खाता भएका ग्राहकले १ लाखसम्मको वार्षिक स्वास्थ्य बिमा र १० लाखसम्मको दुर्घटना मृत्यु र अक्षमता बीमा सुविधा पनि पाउनेछन् ।
वैशाख महिनाभर अरेन्ज सेभिङ प्लस खाता खोल्ने ग्राहकहरुले लक्ष्मी बैंकको प्रिपेड डलर कार्ड निःशुल्क प्राप्त गर्नेछन् । सो अफर अरेन्ज सेभिङ प्लस वर्तमान ग्राहकहरुको लागि पनि लागू हुने बैंकले जनाएको छ। यसै गरी विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीहरुको लागि ल्याइएको विशेष खाता शुभ श्री (लक्ष्मी बचत खाता) मा पनि बैंकले विभिन्न सुविधाका साथमा ४.५% को उच्च ब्याजदर प्रदान गरिरहेको जनाएको छ।
तपाईंको प्रतिकृया




