मेलम्चीको पानी ३२० स्थानबाट चुहावट

काठमाडौं । मेलम्चीको पानी पुरानो पाइपलाइनबाट वितरण गर्दा ३२० स्थानबाट चुहावट भएको छ । पुरानो पाइपलाइन भएकाले चुहावट बढेको छ भने यसको मर्मत हुँदैछ । यसअघि पानीको बहाव कम हुँदा जमिनमुनि पानी रहन्थ्यो भने बहाव बढेपछि सतहमा देखिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ ।

जहाँ चुहावट भएको छ, त्यहाँ मर्मत गरिएको केयुकेएलले जनाएको छ । केयुकेएलका प्रमुुख कार्यकारी अधिकृत मिलन शाक्यले ३२० स्थानमध्ये दुई सय स्थानमा मर्मत भइसकेको जानकारी दिए ।

उनले भने, ‘पुरानो पाइपबाट चुहावट भइरहेको छ । मर्मत गरिरहेका छौं । सडक विभागसँग स्वीकृति लिएका छौं । अब थप स्थानमा मर्मत गर्नेछौं ।’ मेलम्चीको पानी उपत्यकामा सात वटा पोखरीबाट वितरण गरिएको छ । गोरखापत्र दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तीन बुँदे निर्देशन दिएको छ । अनुसन्धान …

प्रतिकृया दिनुहॊस