काठमाडौं । आज, आईबार १ हजार २२७ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार २२७ जनामा संक्रमण भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८५ हजार ९०० पुगेको छ भने पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ।
संक्रमित मध्ये २ लाख ७५ हजार ५५५जना उपचारपछि निको भएका छन् ।
यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार ९१ जना पुगेको छ।
तपाईंको प्रतिकृया




