टिपर दुर्घटनामा परी रसुवामा २ जनाको मृत्यु

रसुवा । पासाङल्हामु राजमार्ग अन्तर्गत रसुवामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रसुवाको कालिका गाउँपालिका-१ ग्राङका २७ वर्षीय राजेन्द्र तामाङ र सवारी चालक २५ वर्षीय सागर तामाङ रहेका छन् । राजेन्द्र स्थानीय ग्राङ प्राविका शिक्षक थिए ।

ग्राङबाट कालिकास्थानतर्फ गइरहेको बागमती प्रदेश ०६-००६ ख १६८८ नम्बरको खाली टिपर बुधबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका राजेन्द्र र सागरलाई प्रहरीले उद्धार गरी रसुवा अस्पताल धुन्चे पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री