एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

झापा । झापा शिवसताक्षी नगरपालिका -११ दुधे स्थित पुर्व-पश्चिम राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का १ जना सवार गम्भिर घाईते भएका छन् ।
आज बिहान साढे ४ बजे पश्चिम तर्फ जादै गरेको बा२१च ७९८४ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रीत भई दुर्घट्ना हुँदा एम्बुलेन्स चालक ललितपुर गोदावरी नगरपालिका- ७ का २० बर्षीय उत्सब घिमिरे र सोहि एम्बुलेन्समा सवार सोही स्थान बस्ने २० बर्षीय सन्तोष तामाङ गम्भिर घाईते भई उपचारको लागी दुवैलाई बीएण्डसी अस्पताल बिर्तामोड लैजादै गर्दा चालक घिमिरेको बाटैमा मृत्यु भएको थियो भने तामाङको सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री