काठमाडाैँ । भारतमा एकैदिन थपिने कोरोना संक्रमितको संख्या करिब २ लाख पुगेको छ। भारतीय मिडियामा आएका खबर अनुसार पछिल्लो २४ घण्टामा १ लाख ९९ हजार ३७६ संक्रमित थपिएका छन्।
यो सँगै भारमा सक्रिय संक्रमितको संख्या १४ लाख ६५ हजार भन्दा माथि पुगेको छ। २४ घण्टामा कोरोनाबाट १०३७ जनाको मृत्यु भएको छ। भारतमा कोरोना संक्रमित हुनेको संख्या १ करोड ४० लाखभन्दा बढी पुगिसकेको छ।
कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७३ हजार भन्दा धेरै छ। गत वर्षको भन्दा भारतमा संक्रमणको दर उच्च देखिएको हो।
तपाईंको प्रतिकृया




