नोबेल अस्पतालमा शिशुको मृत्यु भएपछि आफन्तको आन्दोलन

विराटनगर । नोबेल मेडिकल कलेजमा शिशुलाई जन्मदिने क्रममा चिकित्सकको लापरवाहिले नवजात शिशुको मृत्यु भएको भन्दै आफन्तहरूले नाराबाजी गर्दै आन्दोलनमा उत्रिएपछि अस्पताल तनावग्रस्त बनेको हो ।

२५ चैतमा आमा र बच्चाको सामान्य अवस्था रहेकै बखत भर्ना गरिएपनि प्रसुती गराउने क्रममा भ्याकुमले तान्ने क्रममा शिशुको मृत्यु भएको आफन्तको दाबी छ ।

भ्याकुम प्रयोगबाट जन्मिनेवित्तिकै छोरालाई आईसीयूमा राखिएको र तीन घण्टामा मृत्यु भएको जानकारी आफूहरुलाई दिइएको सरिताका श्रीमान मनिषले बताए । चिकित्सकको लापरवाहीका कारण शिशुको मृत्यु भएको भन्दै आफन्तले शव नबुझेपछि ७ दिनदेखि शिशुको शव अस्पतालमै छ ।

नवजात शिशुको  मृत्यु भएपछि आक्रोशित भिडले नोवेल अस्पताल तोडफोड गरिदिएका छन् । उनीहरूले अस्पतालको झ्याल र ढोकाको सीसा फुटाईदिएका हुन् ।

अस्पतलाका प्रबन्धक नारयण दाहालले अस्पतालका चिकित्सकले कुनै लापरबाही नगरेको दाबी गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री