मलेशीयाको मर्चेन्ट्रेड मनि ट्रान्सफरबाट आई पे रेमिट मार्फत पैसा नेपाल पठाउँदा सुरक्षित भविष्यको परिकल्पना

काठमाडौं । विगत लामो समय देखी रेमीट्यान्स क्षेत्रमा आफ्नै पहिचान बनाएको आई पे रेमिट प्रा.लि ले विश्वका विभिन्न मुलुकबाट रेमीट्यान्स कारोबार नेपालमा भित्राएको छ ।

सुखमा पनि दुखमा पनि हरपल ग्राहकहरुको मन मुटुमा बस्न सफल आई पे रेमिट ले सधैँ ग्राहकको हित र सुविधाको लागी रेमीट्यान्स क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आईरहेको छ ।

ग्राहक वर्गमा गुणस्तरीय सेवा प्रदान गर्दै समय सापेक्ष ग्राहक वर्गको हित तथा संरक्षणका लागी विभिन्न उपयोगी मुलक योजना सार्वजनिक गर्दै आईरहेको छ ।

नेपाल भरि छरिएर रहेका १००० भन्दा बढी भुक्तानी केन्द्र बाट सेवा दिदै आईरहेको आई पे रेमिट ले ग्राहक वर्गको सुविधाको लागी नेपालमा रहेका जुनसुकै बैकं तथा वित्तिय संस्थामा yfdf Real Time Account Deposite को सुविधा प्रदान गर्दै आईरहेको छ ।

नाफा कमाउनु मात्र व्यवसाय नभई ग्राहको चाहाना र आवश्यकता अनुसार सेवा प्रदान गर्ने आई पे रेमिटको मुख्य उद्देश्य हो ।

लाखौ सन्तुष्ट ग्राहकलाई सेवा दिई सकेको आई पे रेमिटले थप ग्राहक वर्गलाई कसरी छिटो छरितो र सरल ढंगबाट आफ्नो घरपरिवार र आफन्तजन लाई दुःखले कमाएको धन पु¥याउन सकिन्छ भन्नेमा ध्यान केन्द्रित गरी रहेको छ ।

मलेशिया स्थिित बैदेशिक रोजगारीमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा दुःखले कमाएको पैसा आफ्नो परिवारजनमा ढुक्कसँग नेपालमा पु¥याउदैँ आएको यस आई पे रेमिट प्रा.लि ले हाल विश्वभरी फैलिएको Covid-19 लाई मध्यनजर गर्दै Transfer Money & Get Protect Adding Value To Your Family Life भन्ने मुल उद्देश्यका साथ यहि April 9 2021 बाट लागु हुने गरि मलेशिया स्थित मर्चेन्ट्रेड मनि ट्रान्सफर बाट आई पे रेमिट मार्फत पैसा पठाउँदा निशुल्क जिवन विमा योजना लागु गरेको छ ।

यस योजनामा सम्पूर्ण मलेशीयामा रहनुभएको नेपालीहरुलाई समेटिने छ ।  आई पे रेमिट मार्फत पैसा पठाउँदा निशुल्क १ महिना जिवन विमा , जुनसुकै मृत्युमा मलेशियन रिङ्गेट ४०००। र डेंगू लागि मृत्यु भएमा मलेशियन रिङ्गेट ८०००। सम्म को भुक्तानी नेपालमा रहेको आफन्त ले प्राप्त गर्न सकिन्छ । अप्रिल ९ बाट सुरु भएको यो योजना ६ महिना सम्म लागु रहने छ ।

आफु मात्र नभई आफ्नो घरपरिवारको भविष्य सुनिश्चितता को लागि चाहे सुख मा होस चाहे दुख मा आई पे रेमिट हरपल तपाईहरुको सेवामा तत्पर छ ।

यस योजनामा सहभागी हुन मलेशिया स्थिित मर्चेन्ट्रेड मनि ट्रान्सफरको सेवा केन्द्र, ऐजेन्ट एम एम कार्ड तथा ई रेमिट बाट आई पे रेमिट मार्फत नेपाल पैसा पठाउँनु पर्नेछ । ग्राहकहरुले पैसा पठाइ सकेपछि प्राप्त भएको रसिद आफुसंग सुरक्षित राख्नुपर्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री