क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने म्याद पुनः थप्ने काँग्रेसको तयारी

काठमाडौँ । नेपाली काँग्रेसले आसन्न १४ औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनः थप्ने तयारी गरेको छ । यसअघि जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि पटकपटक थप्दै आएको काँग्रेसमा सो समयावधि पुनः थप्नुपर्ने बाध्यता देखिएको हो ।

हालको कार्यतालिकाअनुसार जिल्लाले नयाँ क्रियाशील सदस्यता र नवीकरणको सूची केन्द्रमा पठाउने अवधि यही चैत ३० गतेसम्म तोकिएको छ । आइतबार साँझसम्म नयाँ र नवीकरण गरी करिब साढे ५ लाख क्रियाशील सदस्यता मात्र पार्टीको वेभसाइटमा अपलोड भएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । यसमा विदेशस्थित पार्टीका जनसम्पर्क समितिका क्रियाशील सदस्यता विवरण भने समावेश छैन ।

त्यस्तै पाँच जिल्लाको क्रियाशील सदस्यता सम्पूर्ण विवरण नै अपलोड हुन बाँकी छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आइतबार बसेको अनौपचारिक बैठकमा पनि क्रियाशील सदस्यता विवरण बुझाउने म्याद कम्तीमा १० दिन थप्नुपर्ने सम्बन्धमा छलफल भएको बताइएको छ ।

केन्द्रीय समिति आज
काँग्रेसले आसन्न महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफलमा गर्न केन्द्रीय समिति बैठक आजका लागि बोलाएको छ ।

बैठकमा माओवादी केन्द्र र जसपाबीच शुक्रबार भएको बैठक र त्यसपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । शुक्रबार सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जसपाका शीर्षस्थ नेताहरूलाई बूढानीलकण्ठस्थित निवासमा बोलाएर छलफल गरेका थिए ।

बैठकमा उनले सरकार गठनमा सहयोग गर्न आग्रह गरेका थिए । नयाँ सत्ता समीकरणका सम्भावित परिदृष्यका बारेमा बैठकमा छलफल गरिने जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाँचेनन् आगलागीमा दुई छोरी र श्रीमती गुमाएका सञ्जय

काठमाडौं । ललितपुरको बाफलमा आगलागीमा परी घाइते भएका सञ्जय गिरीको मृत्यु भएको छ । वैशाख …

प्रतिकृया दिनुहॊस

This will auto close after