आजको मौसमः अधिकांश स्थानमा तुवाँलोको प्रभाव

काठमाडौँ । अहिले देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका धेरै स्थानहरूमा तुवाँलो रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा अपरान्हपछि मेघगर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केही भू–भागमा तुवाँलोको असर रहने छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज दिनभर देशको पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हपछि मेघगर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तै भोलि चैत ३१ गते मंगलबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्ह पछि मेघगर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

२०७८ वैशाख १ गते बुधबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हपछि मेघगर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तीन बुँदे निर्देशन दिएको छ । अनुसन्धान …

प्रतिकृया दिनुहॊस