काठमाडाैँ । हाल देशमा स्थानीयसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सफा छ ।
महाखाशाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हपछि मेघगर्जन तथा चट्ट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
तपाईंको प्रतिकृया




