काठमाडाैँ । भारतमा बिहीबार कोरोनाले नयाँ रेकर्ड बनाएको छ अघिल्लो वर्ष कोरोना महामारी सुरु भए यताकै धेरै संक्रमित एकैदिन थपिएका छन् ।
भारतीय मिडियामा आएका खबर अनुसार पछिल्लो २४ घण्टामा मात्रै १ लाख ३१ हजार ८७८ जना नयाँ सक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमण मृत्यु हुनेको संख्या ८०२ छ । यो गत अक्टुबर १७ यताकै धेरै संख्या हो ।
यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या १ करोड २९ लाख २८ हजार ५७४ पुगेको छ । जसमध्ये १ करोड १८ लाख ५१ हजार ३९३ जना निको भएका छन् । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६६ हजार ८६२ पुगेको छ ।
तपाईंको प्रतिकृया




