नेपाल बैंकले सुर्खेतमा शुरू गर्यो क्यूआर कोड सेवा

काठमाडौं । नेपाल बैंकले सुर्खेतमा फोनपेको क्यूआर कोड सेवा शुरु गरेको छ ।

नेपाल बैंक वीरेन्द्रनगर शाखाको आयोजनामा औपचारिक कार्यक्रम गरि कर्णाली प्रदेशमा रहेका बैंकहरुमध्ये सर्वप्रथम नेपाल बैंकले उक्त सेवा शुरु गरेको हो ।

बैंकले डिजिटल सुर्खेत महाअभियान अन्तर्गत उक्त सेवा शुरु गरेको हो । जसको उद्घाटन नेपाल बैंकका सञ्चालक समिति अध्यक्ष मधुकुमार मरासिनीले गरेका हुन् ।

उनले कर्णालीको अर्गानिक उत्पादन मह तथा च्याउ खरिद गरि क्यूआर कोड प्रविधिमार्फत रकम भुक्तानी गरेका उक्त सेवाको शुरुवात गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री