कामना सेवा विकास बैंक उत्कृष्ट करदाताको रुपमा सम्मानित

काठमाडौं । कामना सेवा विकास बैंक आर्थिक वर्ष २०७५/२०७६ मा समेत मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ ।

आन्तरिक राजस्व विभागले मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्र भित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको कामना सेवा विकास बैंकलाई उक्त मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित गरिएको हो ।

बैंकका प्रबन्धक दिमश अमात्यलाई अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सम्मान स्वरुप कदर पत्र प्रदान गरेका थिए ।

बैंकका प्रबन्धक दिमश अमात्यलाई अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सम्मान स्वरुप कदर पत्र प्रदान गरेका थिए । बैंकले आ.व. २०७४/०७५ मा पनि आन्तरिक राजस्व विभागद्वारा सबैभन्दा बढी आयकर दाखिला गरेवापत सम्मान प्रदान गरिएको थियो ।

आन्तरिक राजस्व विभागले हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसर पारेर विभिन्न विधाहरुमा कदर स्वरुप उत्कृष्ट करदाताहरुलाई सम्मान प्रदान गर्दै आइरहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री