गायक सुरेन्द्र राईको एकान्तमा रुदै बस्छु बोलको गीत सार्वजनिक

 उदयमान गायक सुरेन्द्र राईको आफ्नै स्वर र शब्दमा एकान्तमा रुदै बस्छु… भन्ने गीतको बोल सार्वजनिक भएको छ । गायक राईको यो पहिलो गीत हो । बुवा मान बहादुर राई र आमा इन्द्रमाया राईका कोखबाट संखुवासभा सितालपार्टी खार्तुवा नगरपालिका ११ मा उनी जन्मीएका हुन् । राई सानै देखि गायन क्षेत्रमा रुची राख्थे । उनी जीवन र जगतलाई संगीतमा भर्ने मात्र होइन स्वर र शब्दमा कोरेर श्रोताहरुलाई उपहार दिन चाहान्छन् ।
मानिसले चाहे संसारमा असम्भव केही छैन भन्ने भनाईलाई उनले सार्थकतामा परिणत गरेका छन् । गायक राईले पहिलो गीत सार्वजनिक गरिसके लगत्तै उनकै शब्द र स्वरमा दोस्रो गीतको बोल तिम्रो छेउ बस्दा खुशीलाग्छ सारा…….श्रोताहरु मांझ सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको गीतमा गायिका सिला राईले साथ दिएकी छिन् भने राईको दुवै गीतको संगीत भर्ने कार्य रुद्र श्रेष्ठले गरेका हुन् ।
यति बेला उदयमान गायक सुरेन्द्र राईको गीतले बजारमा चर्चा कमाएको छ । दुई वटा गीत बजारमा आई सकेपछि उनका तीन वटा गीत सार्वजनिक हुने तयारीमा छन् । आफै गाउने, शब्द लेख्ने र संगीत भर्न समेत प्रखर बहुप्रतिभावान गायक राई भविष्यमा श्रोताहरुको चाहना अनुसार आफ्नै मौलिक पनमा गीत पस्कीने न्यूज दैनिकलार्इ वताउँछन । 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

सन्दीपका समर्थकहरूले मलाई अनफ्रेन्ड गर्नू : अभया सुब्बा

काठमाडौं । गायिका अभया सुब्बाले क्रिकेटर सन्दीप लामिछानेका फ्यानलाई फेसबुकमा अनफ्रेन्ड गर्न आग्रह गरेकी छन् …

प्रतिकृया दिनुहॊस