सनराइज बैंकको ७२ औं शाखारहित बैंकिङ्ग सेवा फक्ताङलुङमा

ताप्लेजुङ । सनराइज बैंकले ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नं.–६, लेलेपमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७२ पुगेको छ ।

बैंकले फक्ताङलुङ गाउँपालिका वडा नं.-६, लेलेपमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको व्यवसाय प्रतिनिधिका रुपमा फुपु डोमा शेर्पालार्ई नियुक्त गरेको छ ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टी.एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री