काठमाडौं । महालक्ष्मी विकास बैंकले ९.२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । लिमिटेडको १९ औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । बैंकको साधारण सभा शुक्रबार भिडियो कन्फरेन्स मार्फत भएकाे हाे ।
उक्त अवसरमा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ८.८० प्रतिशतका दरले बोनस सेयर तथा ०.४६ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको हाे ।
साथै सभाबाट मर्जर तथा प्राप्तिको प्रस्तावलाई खुल्ला राख्दै पुजिगत आधारलाई अझ थप सुदृढ गर्ने उद्देश्यले सो प्रस्तावलाई समेत पारित गरेको जनाएको छ ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा तथा ३४ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लिमिटेडकोे ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको बैंकको भनाई छ ।



