आजको मौसम: यी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

आज दिनभर देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही एक दुइ स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गोंगबुको होटलमा महिलाको शव फेला, एक पुरुष पक्राउ

काठमाडौं । काठमाडौंको गोङ्गबुमा एक महिलाको शव भेटिएको छ । मोरङको लेटाङ घर भई हाल …

प्रतिकृया दिनुहॊस