महालक्ष्मी बिकास बैंकको मृगौला रोगीलाई सहयोग

काठमाडौं । महालक्ष्मी बिकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भक्तपुर शाखाले  काभे्र जिल्ला बेथानचोक वडा नं ६ मा बस्ने ३७ वर्षीय पूर्णमान तामाङ्गलाई मृगौला रोगको उपचारका निमित्त रु. ५०,००० सहयोग गरेको छ ।

उक्त कार्यक्रममा बंैकका वरिष्ठ प्रबन्धक  प्रकाश घिमिरेले तामाङ्गलाई चेक हस्तान्तरण गर्नु भएको हो । मृगौला रोग लागि मानव अंगप्रत्यारोपण केन्द्रमा उपचार गराउँदै आउनु भएका तामाङ्गको आर्थिक स्थिति निकै कमजोर रहेको हुनाले उपचार खर्चमा सानो सहयोग पु¥याउने उद्देश्यले बैंकले सो सहयोग गरेको हो ।

बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । …

प्रतिकृया दिनुहॊस