आजको मौसमः यी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडाैँ । अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भू-भागमा पनि आंशिक बदली रहने छ । गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी भू-भागमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज दिनभर देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भू-भागमा पनि आंशिक बदली रहने छ महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री सोमबार चीन जाने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ …

प्रतिकृया दिनुहॊस