काठमाडौँ जेसिजको साताब्यापी कार्यक्रम, दीगो विकास लक्षमा सघाउने

 काठमाडौँ । नेपाल जेसिजले दिगो बिकास लक्ष्य प्राप्तिका लागि नागरिक समाज र निजि क्षेत्रको भूमिका सम्बन्धमा अन्तरक्रिया गरेर जेसिज सप्ताह समापन गरेको छ ।
उद्योग बाणिज्य महासंघमा आयोजित कार्यक्रममा प्रमुख बक्ता युएनडिपीकी कन्ट्री डाइरेक्टर सोफी केमखाज्देले २०१५ को संयुक्त राष्ट्र संघको महासभाले पारित गरेको १७ वटा दिगो विकासका लक्ष्य संयुक्त राष्ट्र संघ, राज्य वा सामाजिक संस्थाले एक्लै काम गरेर पूरा नहुँने भन्दै हरेक व्यक्ति यी उदेश्यप्रती उत्तरदायी हुनुपर्ने बताइन् । उनले नेपालमा विभिन्न कार्यक्रम गर्न सरकार तथा युवासंस्थाहरुसंग सहकार्य गरिरहेको बताइन् ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष गोबिन्दराज पोखरेल, बैंकर अनिलकेशरी शाह, उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानलगायतले दीगो विकास लक्ष हासिल गर्न सबै क्षेत्रले भूमिका निर्वाह गर्नु पर्ने बताएका थिए ।
काठमाडौँ जेसिजकी अध्यक्ष सिनेटर इनु थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्य नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर प्रदीपमान बैद्यले गरेका थिए ।
जेसिज सप्ताहका कार्यक्रम संयोजक रामराज शर्माले  काठमाडौँ जेसिजले हरेक बर्ष गर्ने जेसिज सप्ताहमा यस बर्ष सरसफाई, शिलालेख सिलान्याश, अनाथ तथा असहाय बालवालिकालाई सहयोग,  रक्तदान,  रचनात्मक कक्षा, महाभूकम्पमा परी ज्यान गुमाएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै दिप प्रज्वलन र छाला प्रत्यारोपणबारे सचेतना संचालन गरिएको जानकारी दिए ।
समापन कार्यक्रमको प्रत्यक्ष प्रशारण माउन्टेन टेलिभिजनबाट भएको थियो। कार्यक्रमलाई नबिल फाउन्डेसन, गोरखकाली सिमेन्ट झापा, स्काई मुन ट्राभल्स एण्ड टुर्स,अक्षदिप फर्मा डिस्टिव्युटर्स, सिएमडि फुडल्याण्ड, क्रिएिटभ डि स्टुडियो, जब डाइनामिक, ह्वाइट डाँफेलगायतका संस्थाले सहयोग गरेका थिए।

बारेमा news

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ …

प्रतिकृया दिनुहॊस