आईतबार नेपालमा ५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज,आईतबार ५३ जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५३ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार २३१ पुगेको छ भने पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

संक्रमित मध्ये २ लाख ७१  हजार ३२६ जना उपचारपछि निको भएका छन् ।

यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार १४ जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री