काठमाडौं । सिराहाको मालपोत कार्यालयमा बम बिस्फोटको घटनामा ८ जना घाइते भएको खुलेको छ।
घाइते हुनेमा कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लक्ष्मी राणा, लालबाबु बिक, बेचनी मगर, फुलकुमार ठाकुर, बद्री नारायण यादव,दिनेशकुमार भण्डारी , भोलाबहादुर मगर छन्।
घाइतेमध्ये दिनेशकुमार भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । उनको थप उपचारका लागि काठमाडौं पठाउन हेलिकप्टर मगाउने तयारी गरिरहेको छ।
बम विस्फोट स्थलमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ।
तपाईंको प्रतिकृया




