नेपाल इन्भेष्टमेण्ट बैंकको ‘पैसा पठाउने’ एप

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले ‘पैसा पठाउने’ एप ल्याएको छ । उक्त एपमार्फत भारतबाट नेपालमा सजिलै पैसा पठाउन सकिने बैंकले जनाएको छ ।

यस एप मार्फत भारतमा रहेका व्यक्तिले आफ्नो मोबाइलबाट २४ घण्टा नै नेपाल पैसा पठाउन सक्नेछन् ।

पैसा पठाउने एप सुरक्षित, छिटो र सजिलो भएको भएको बैंकले जानकारी दिएकाे छ । यो एपबाट भारतमा बिदाको दिनमा पनि प्रयोग गरी पैसा नेपाल पठाउन सकिनेछ ।

पैसा पठाउने यस एपलाई भारतको केन्द्रीय बैंकले अनुमति दिएको छ ।

उक्त एप मार्फत भारतमा रहेका नेपालीले ५० हजार भारुका दरले वर्षमा बढीमा १२ पटकसम्म पैसा नेपाल पठाउन पाउन सक्ने बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री