एनएमबि बैंकका ग्राहकलाई दुई होटलमा सहुलियत

काठमाडौं । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीले द होराइजन होटल र आगन्तुक रिसोर्टमा विशेष छुट पाउने भएका छन् ।

सो सम्बन्धी द होराइजन होटल र आगन्तुक रिसोर्टबीच भएको छुट्टाछुट्टै समझदारी भएको छ ।

सम्झौतामा बैंकका रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी एवं द होराइजन होटलका कार्यकारी निर्देशक क्षितिज श्रेष्ठ र आगन्तुक रिसोर्टका प्रबन्ध निर्देशक हरि नेपालले छुट्टाछुट्टै हस्ताक्षर गरे ।

बैंकको द होराइजन होटल र आगन्तुक रिसोर्टसँग भएको सम्झौताअनुसार खाना, पेय पदार्थ, आवास, स्विमिङ, स्पा सुविधामा ग्राहकले १५ प्रतिशत छुट पाउनेछन् ।

यस्तै, स्विमिङ, हेल्थ क्लब र बर्थ डे केकमा १० प्रतिशत छुट हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री