काठमाडाैं । नेपाल बैंकले ताप्लेजुङ जिल्लाको दाेभान बजारकाे अग्नी पिडितहरुलाई ५ लाख आर्थिक सहयाेग गर्ने भएकाे छ ।
बैंकले ताप्लेजुङ जिल्लाको दोस्रो व्यापारिक केन्द्र दोभान बजारमा फागुन १८ गते भएको भिषण आगलागीबाट प्रभावित परिवारलाई ५ लाख सहयाेग गर्ने भएकाे हाे ।
बैंकले विभिन्न आर्थिक सामाजिक, सांस्कृतिक, दैवि तथा प्राकृतिक प्रकोप, शिक्षा, स्वास्थ्य, सरसफाई, वातावरण संरक्षण तथा अन्य सामूदायिक हित संरक्षण लगायत क्षेत्रमा सहयोग गरी सामाजिक उत्तरदायित्व वहन गर्दै आएको छ ।
तपाईंको प्रतिकृया




