काठमाडौं ।माछापुच्छ्रे बैंकले पर्यटकीय स्थल एवं गौतम बुद्धको जन्म स्थल लुम्बिनीमा क्युआर कोड सेवा तथा विच्याट पे सेवा सुरु गरेको छ ।
स्वदेश तथा विदेशबाट लुम्बिनीको भ्रमणमा आउने पर्यटकले लुम्बिनीको विकासको लागि प्रदान गर्ने आर्थिक सहयोग तथा माया देवी मन्दिर प्रवेशमा लाग्ने शुल्क अब क्यआर कोडको माध्यमबाट भुक्तानी गर्न सक्नेछन्।
माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा रहेका तरकारी बजार, सपिङ कम्प्लेक्स लगायतमा क्युआर कोड सेवा प्रदान गर्दै आएकोमा अन्य क्षेत्रहरु पहिचान गरी डिजिटल सेवा प्रदान गर्दै जाने उद्देश्यले लुम्बिनीमा उक्त सेवा संचालनमा ल्याएको हो।
प्रतिकृया दिनुहॊस