दैलेख । दैलेखको आठबीस नगरपालिका–३ की एक महिला चार सन्तानसहित कर्णाली नदीमा हामफालेका एकै परिवारका पाँचजनामध्ये ४ जनाको शव भेटिएको छ । एकजनाको अझै भेटिएको छैन ।
पश्चिम दैलेखको आठबीस नगरपालिका–३ निमायल निवासी मानसिंह बडुवालकी ३४ वर्षीया सुकी बडुवाल चार सन्तानसहित हिजो (सोमबार) कर्णाली नदीमा हामफालेका हुन् ।
सुकीका दुई छोरीको सोमबार बेलुका डोरीले हात बाँधिएको अवस्थामा शव भेटिएको थियो।
तीन छोरी र एक छोरासहित कर्णालीमा बेपत्ता भएकी दैलेख आठबीस नगरपालिका-३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल र उनका छोरा १० वर्षीया ललितको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।
तपाईंको प्रतिकृया




