फूडमाण्डु र दराज नेपालसँग निभियाको सहकार्य

काठमाडौं । चर्चित ब्राण्ड निभियाले अनलाइन् सपिङ्ग स्टोर दराज र अनलाइन् फूड डेलिभरी सर्भिस फूडमाण्डुसँग सहकार्य गरेको घोषणा गरेको छ ।

यो सहकार्यले नेपालमा रेष्टुरेण्ट व्यवसाय सञ्चालन गरिरहेका महिला उद्यमीहरुलाई पहिचान दिन र अद्भूत उपलब्धि हाँसिल गर्न मद्दत गर्ने बताइएको छ ।

निभिया, फूडमाण्डु र दराजको अग्रसरता लिइएको यो अभियानले अन्य महिलाहरुलाई अवसरहरु सिर्जना गर्ने, चुनौती स्वीकार्नलाई हौसला प्रदान गर्ने महिलाहरुको उपलब्धिहरुलाई अझ व्यापक बनाउने उद्देश्य लिएको छ ।

२०२१ को अन्तर्राष्ट्रिय नारी दिवसले तय गरेका ‘छनौट नै चुनौती’ हो भन्ने नारालाई पछ्याउँदै सफल उद्यमीहरुले आफ्ना सफलताका कथा सुनाएर अरुलाई हौसला प्रदान गर्ने अभियानको उहेश्य छ ।

निभिया, फूडमाण्डु र दराजद्वारा अग्रसरता लिइएको यो अभियानले अन्य महिलाहरुलाई त्यस्तै धेरै अवसरहरु सिर्जना गर्ने र त्यस प्रकारको चुनौती स्वीकार्नलाई धेरै महिलाहरुलाई हौसला प्रदान गर्ने तथा जनचेतना निर्माण गर्न सहयोग गर्न सक्ने महिलाहरुको उपलब्धिहरुलाई अझ व्यापक बनाउने, मनाउने र पहिचान गर्ने उद्देश्य पनि लिइएको छ ।

अर्थपूर्ण कथाहरु र प्रभावकारी कथाहरुको सहायताबाट यो अभियानले अन्य बढ्दो महिला उद्यमीहरुलाई अघि बढ्न प्रेरित गर्ने कम्पनीले लक्ष्य लिएको छ ।

अभियान र साझेदारीका सम्बन्धमा आफ्नो भनाई राख्दै निभिया इण्डियाका एसोसिएट डाइरेक्टर, अन्तर्राष्ट्रिय बिजनेसका सुधाँशु कृष्णले भने, ‘अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा हामी महिला उद्यमीहरुलाई एउटा मञ्च उपलब्ध गराउन चाहन्छौ, जहाँ उनीहरु सबैजना एकसाथ आउन सक्छन्, आफूहरुको सफलता मनाउन सक्छन् र अन्य महिलाहरुले उनीहरुको उत्सवमा साथ दिन सक्छन् ।

हामी यस अभियानमा देशभरका महिलाहरुबाट अत्याधिक सहभागिता भएबाट यो अभियानको प्रभावकारिताबाट अत्यन्त उत्साहित एवं गौरवान्वीत भएका छौं । अन्तर्राष्ट्रिय नारी दिवसले विभिन्न महिला उद्यमीहरुलाई आफ्नो उद्यममा प्रदर्शन गर्न र उद्यमशीलता मार्फत् उनीहरुका रुचीकर यात्राहरुलाई प्रमुखताका साथ प्रस्तुत गर्ने एक सही अवसर दिएको छ ।

यो पहलमार्फत् हामीले रोल मोडलको रुपमा रहेका ४ जना सशक्त महिलाहरुका सफलताका कथाहरु सुनाउँदै महिला उद्यमीहरुलाई अझ व्यापकता प्रदान गरेर प्रोत्साहित गर्ने लक्ष्य राखेका छौं ।’फूडमाण्डुकी ब्राण्ड मार्केटिङ्ग म्यानेजर, दिक्षा महतले निभिया जस्तो ब्राण्डसँग सहकार्य गरेर आफ्नै स्थान बनाएका र सीमाभन्दा पर पुगेका महिलाहरुको अद्वितीय उपलब्धिहरुलाई मनाउन र सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

अभियानाको विस्तार स्वरुप महिला दिवस मनाइरहेका सबै फूडमाण्डु प्रयोगकर्ताहरुलाई निभियाको प्रोडक्टहरुमा २० प्रतिशत सम्मको छुटको अफर दराजले राखेको छ ।

अभियानको सुरुवात स्वरुप ४ जना महिला उद्यमीहरुको कथा र अनुभवलाई एक रुचीकर भिडियो मार्फत् प्रस्तुत गरिएको छ । रेष्टुरेन्ट सञ्हचालन गरेर बसेका अँशुज् होममेड किचन, चाइना टाउन, पिज्जा कनेक्सन र डिटक्स क्याफे सञ्चालकरुले आफ्ना अनुभवहरु सुनाएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री