आगलागीबाटचार घर जलेर नष्ट

लहान । सप्तरीको सुरुङ्गा नगरपालिका–२ भेडिया बजारमा आज बिहान आगलागी हुँदा एउटा औषधि पसलसहित चारवटा घर जलेर नष्ट भएका छन्।

स्थानीय आनन्द विश्वकर्माको घरबाट बिहान ५ बजे अचानक सल्केको आगो फैलिएर आगलागी हुँदा उनले सञ्चालन गरेका औषधि पसलसहित दुई वटा घर पूर्णरुपमा जलेर नष्ट भएको  छ ।

आगलागीलाई स्थानीयवासी, इनरुवा नगरपालिकाबाट गएको बारुणयन्त्र र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री