कुमारी बैंकका एटीएम कार्ड होल्डरलाई सर्टिङसुटिङमा २० प्रतिशत छुट

काठमाडौं । कुमारी बैंकको एटीएम कार्ड लिएका ग्राहकले मेरिना इम्पेक्स एण्ड टेलरिङ सेन्टरमा सर्टिङ, सुटिङ तथा टेलरिङ सेवा लिँदा २० प्रतिशत छुट पाउने भएका छन् ।

बैंकको डेविट कार्ड वा क्रेडिट कार्ड मध्ये जुन भए पनि उक्त छुट पाउने छन् ।

सम्झौता पत्रमा मेरिना इम्पेक्स एण्ड टेलरिङ सेन्टरका कार्यकारी निर्देशक गोकुल खड्का र कुमारी बैंकका बजार प्रमुख नविन मुनि बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

मेरिनामा सुविधा लिनको लागि ग्राहकले सक्रिय अवस्थामा रहेको भिजा कार्ड र कर्मचारीले म्याद नसकिएको परिचयपत्र देखाउनुपर्ने कम्पनीले जनाएको छ ।

यस्तो कार्ड बहाकले मेरिना इम्पेक्सको विभिन्न स्थानमा रहेका चार शाखाहरुबाट २० प्रतिशत छुटमा सर्टिङ, सुटिङ र टेलरिङ सेवा लिन सक्ने मेरिना इम्पेक्सले जनाएको छ ।

व्यवसायिक जगतमा काेटपाइटसहितकाे औपचारिक पोसाकको बढ्दो प्रयोगलाई ध्यानमा राखेर डेविट तथा क्रेडिट कार्ड होल्डरलाई यस्तो सुविधा दिन लागिएको कम्पनीले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ विकास बैंकद्वारा ग्रीण हाइड्रोजन इन्धनको अनुसन्धानका लागि काठमाडौं विश्वविधालय सँग सहकार्य

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दिगो विकासमा टेवा पुग्ने उद्देश्यले ग्रीण हाइड्रोजन इन्धनको अनुसन्धानका लागि …

प्रतिकृया दिनुहॊस