आज १२५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज, सोमबार १२५ जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२५ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ भने त्यस्तै पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

संक्रमित मध्ये २ लाख ६९ हजार ९६६ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या २ हजार ६१ जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री