२४ घण्टामा थपिए ९७ जना कोरोना संक्रमित

काठमाडौं । आज, शुक्रबार  ९७ जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९७ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार २६३ पुगेको छ भने त्यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।

संक्रमित मध्ये २ लाख  ६९ हजार ६१९ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या २ हजार ६१ जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री