काठमाडौं। देवकर्नर सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ४० जनाले रक्तदान गरेका छन ।
काठमाडौं स्थित नक्सालमा गरीएको रक्तदान कार्यक्रममा रक्तदान गर्नेहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

रगतको अभावमा कसैले पनि मृत्युवरण गर्न नपरोस भन्ने उदेश्यका साथ बर्षको दुई पटक देव कर्नर सेवा समितिले रक्तदान गर्दै आएको देव कर्नर सेवा समितिका अध्यक्ष देवसुन्दर शाक्यले बताएका छन ।
रक्तदान गर्नका लागी महिलाहरुको उत्साहजनक सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाइटीको प्राबिधिकस सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
देव कर्नर सेवा समितिले उपत्यकामा निःशुल्क सव बहान सेवा सञ्चाल गर्दै आएको छ भने गोदाबरीमा २० जनाको क्षमता भएको वृद्ध आश्रम पनि सञ्चालन गर्दै आएको छ ।
तपाईंको प्रतिकृया



