इलाममा अटो दुर्घटना हुदाँ चालकको मृत्यु

ईलाम।  ईलाम नगरपालिका-७ तिल्केनी स्थित राजमार्गमामा अटो दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक ईलाम-९ का २२ बर्षीय अबिकल सुन्दास रहेका छन ।

मंगलबार बेलुका साढे ८ बजे मे १ ह ३०२२ नम्बरको अटो आफै अनियन्त्रित भई दुर्घटना हुदाँ सुन्दास गम्भीर घाईते भएका थिए ।

गम्भीर घाईते भएका सुन्दासलाई उपचारार्थ बिराटनगर तर्फ लैजादै गर्दा मंगलबार राती ११ बजे उनको बाटोमै मृत्यु भएको  प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री