झापा। भद्रपुरमा श्रीमानले ढुंगाले हानेर श्रीमतीको हत्या गरेका छन् ।
भद्रपुर-७ बुथकरण चिया बगानको १० नम्बर क्वार्टरमा बस्ने ५८ वर्षीय श्रीमानले साहेबा उराउले ६० वर्षीया श्रीमती फिल्सिता उराउलाई सोमबार दिउँसो ढुंगाले हानेर हत्या गरेका छन्।
साहेबाले सामान्य विषयमा विवाद हुँदा श्रीमतीलाई टाउकामा ढुंगाले हानेका थिए। प्रहरीकाअनुसार श्रीमानको ढुंगा प्रहारबाट श्रीमतीको घटनास्थलमै मृत्यु भएको हो।
तपाईंको प्रतिकृया




