पश्चिमी वायुको प्रभाव : हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडाैँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बिहान सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ । देशका अन्य पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश १ का पहाडी भू–भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री