धनुषा। १३ वर्षीया बालिका गर्भवती भएपछि प्रहरीले धनुषामा २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मुस्कान खातुन र शम्भु भनिने ओमनारायण यादव छन् ।
प्रहरीका अनुसार मुस्कान खातुनले घरबेटीकी १३ वर्षीया छोरीलाई विभिन्न प्रलोभन दिई शम्भु भन्ने ओम नारायण यादवलाई आफ्नै कोठामा बोलाई पटक पटक जबरजस्ती करणी गरेको खुलेको जनाएको छ।
पटक–पटकको बलात्कारपछि बालिका गर्भवती भएपछि घटनाबारे परिवारले थाहा पाएको थियो ।
तपाईंको प्रतिकृया




