काठमाडाैं । सिदार्थ बैंकका ग्राहकले ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पामा छुट पाउने भएका छन् ।
बैंक र गैह्रीधारास्थित ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पाबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हाे ।
उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख–बिजनेस सपोर्ट/पेमेण्ट सोलुसन्स् सुरेशराज महर्जन र ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सिएन पाण्डेले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले चितवन, पोखरा र काठमाडौंमा रहेको ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पामा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग मार्फत होटल बसाई सेवाको भुक्तानी गर्दा ३५ प्रतिशतसम्मको छुट र खाना, बेबरेज तथा कार्यक्रम सेवाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
प्रतिकृया दिनुहॊस