Instant Cash र जि.एम.इ रेमिटबीच सम्झौता

काठमाडौँ ।  विश्वको ख्याति प्राप्त रेमिटान्स कम्पनी Instant Cash र जि.एम.इ रेमिट प्रा.लि बिच विप्रेषण सम्झौता भई कारोबार सुरु भएको छ ।

अब युएई, कतार, ओमान, कुवेत, बहराइन लगायत विश्वका विभिन्न देशहरुमा रहनु भएका नेपालीहरुले  Instant Cash को सेवा प्रयोग गरी जि.एम.इ रेमिटको माध्यमबाट सजिलै सँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिनेछ ।

नेपालमा जि.एम.इ रेमिट सँग आबद्ध १५,००० भन्दा बढी एजेन्टहरुबाट सजिलै नगद भुक्तानी लिन सकिने छ र नेपालको जुनसुकै बैंकको खातामा तुरुन्तै रकम झिक्न मिल्ने गरी जम्मा गर्न सकिनेछ ।  साथै मोबाईल वालेटमा समेत लोड गर्न सकिने सुविधा उपलब्ध छ ।

उक्त सम्झौतामा जि.एम.इ रेमिट प्रा.लि को तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र Instant Cash को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुल्तान अल महमूद (Sultan Al Mahmoud) ले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

जि.एम.इ रेमिट प्रा.लि ले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।

 

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम रहेको …

प्रतिकृया दिनुहॊस