कोरोना खोप लगाउने १,७१, ४८६ पुगे

काठमाडाैं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाउनेको संख्या १ लाख ७१ हजार ४८६ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २०१ खोप केन्द्रबाट सो संख्यामा खोल लगाइएको हो ।

भारत सरकारले अनुदानमा १० लाख डोज खोप यही माघ ८ गते नेपाललाई हस्तान्तरण गरेको थियो । १४ गतेबाट नेपालमा खोप अभियान सुरु गरिएको थियो । १४ गतेबाट पहिलो स्वास्थ्यकर्मी तथा कोरोना रोकथाम नियन्त्रणमा अग्रपङ्तिमा खटिएकाहरुलाई खोप लगाउन सुरु गरिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ५९ हजार ९४२ जनालाई खोप को पहिलो डोज लगाइएको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा ८ हजार ६८४ जनाले खोप लगाएका छन् ।

यसबाहेक प्रदेश १ मा २३ हजार ८२ जना, प्रदेश २ मा २२ हजार ७५६ जना, गण्डकी प्रदेशमा १७ हजार ३१५ जना, लुम्बिनी प्रदेशमा २६ हजार ८९८ जना, र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८०९ जनालाई खोप दिइएको छ।

एक जनालाई दुई डोज खोप दिनुपर्ने छ । पहिलो खोप लगाएको ठिक एक महिनापछि दोस्रो खोप लगाइने जानकारी यसअघि नै स्वास्थ्य मन्त्रालयले दिइसकेको छ ।

शनिबार पहिलो चरणको खोप अभियानको अन्तिम दिन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पहिलो चरणमा बाँकी रहेका खोपलाई जोखिममा रहेका व्यक्तिहरुलाई प्राथमिकतामा दिने तयारी मन्त्रालयले गरेको छ । दोस्रो चरणको खोप अभियानको तयारी भइरहेको जानकारी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रोवोटिक सर्जरीले पाउँदै नयाँ अनुहार

काठमाडौं । भारतको बिहारका डा.आशिष सिंहको चर्चा विश्वभर फैलिँदै गएको छ । उनीसँग उपचारका लागि …

प्रतिकृया दिनुहॊस