२४ घण्टामा थपिए १०५ जना कोरोना संक्रमित

काठमाडौं । आज,शुक्रबार १०५ जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०५ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख ६७ हजार ५६४ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या २ हजार ३५ जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री