सवारी दुर्घटना १ जनाको मृत्यु

झापा । झापाको शिवसताक्षी नगरपालिका-९ दुधेमा बसले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।
बुधबार रातीको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे १ ख १९८० नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको बा ५६ प २९५८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका-११ का ४१ बर्षीय पुर्ण कुमार कडरियाको झापाको बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री