प्रदेश नं. २ मा आइएमई भरोसा कोषको रकम वितरण

काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश नं. २ का लाभग्राहीहरूलाई रकम हस्तान्तरण गरिएको छ ।

आइएमई ग्रुपद्धारा मंगलबार प्रदेश नं. २ को राजधानी जनकपुरमा आयोजित एक विशेष कार्यक्रमकावीच प्रदेश नं. २ का माननीय मूख्यमन्त्री लालबाबु राउतले उक्त कोषबाट रकम प्राप्त गर्ने १५ जना लाभग्राहीहरुलाई चेक हस्तान्तरण गरे ।

चेक हस्तान्तरण कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल एवमं् ग्रुपमा कार्यरत उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले आइएमईले उत्तरदायित्व स्वरुप प्रदान गरेको भरोसा कोषको लागि प्रदेश सरकारको तर्फबाट धन्यबाट व्यक्त गरे । बैदेशिक रोजगारका सिलसिलामा विदेशमा गई काम गर्दै गर्दा कोरोनाका कारण मृत्यु भएकाहरुलाई सानै भए पनि सहयोग रकम वितरण गरेर आइएमईले आफ्नो दायित्व पूरा गरेको बताउँदै प्रदेश २ बाट बैदेशिक रोजगारीमा जाने धेरै भएको बताए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महा संघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईले भरोसा कोष मार्फत प्रभावित परिवारलाई सहयोग पु¥याउँदै आएको बताउँदै संस्थाको यस्तो सामाजिक कार्यमा मुख्यमन्त्री एवम् प्रदेश सरकारको साथ पाउनु महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले भरोसा कोषको अवधारणा को विषयमा प्रकाश पार्नुभएको थियो ।
कोषबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिँदै आएको छ ।

प्रदेश नम्बर २ अन्तर्गतको जनकपुर क्षेत्रबाट कूल १५ जनालाई प्रदेश नं. २ का माननीय मख्य मन्त्री लालबाबु राउत र आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सहयोग राशी बराबरको चेकहरु संयुक्त रुपमा हस्तान्तरण गरे ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस