हिमालयन बैंकको मोबाईल बैंकिङ्गबाट नेपाल सरकारको राजस्व भुक्तानीे सेवाको सुरुवात

काठमाडौं ।हिमालयन बैंकले आफ्नो मोबाईल बैंकिङ्ग सेवाबाट नेपाल सरकारको राजस्व भुक्तानी व्यवस्था २०७७ साल माघ १९ बाट सुचारु गरेको छ ।

उक्त सेवाको सुरुवात सँगै बैंकका ग्राहकहरुले अब सरकारी कर तथा राजस्व हिमालयन बैंकको मोबाईल बैंकिङ्ग एप्सबाट सजिलै भुक्तानी गर्न सक्नेछन् ।

बैंकले एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस (NPI) मार्फत नै थप सेवाको रुपमा यसलाई विस्तार गरेको हो र यसरी मोबाईल बैंकिङ्गको (NPI)मार्फत सरकारी भुक्तानी गर्ने व्यवस्था गर्ने हिमालयन बैंक पहिलो बैंक भएको छ ।

बैंकले पहिले देखि नै आफ्नो मोबाईल बैंकिङ्ग च्यानलबाट Connect IPS मार्फत रियल टाइम अन्लाईन फण्ड ट्रान्स्फर सेवा प्रदान गर्दै आएको छ र अब NPI मार्फत मोबाईल बैंकिङ्गबाट थप गरिएको सरकारी भुक्तानीको सेवाले राजस्व संकलनको प्रकृयामा ग्राहक एवम् सरकारी पक्ष दुवैलाई सहज हुने विश्वास गरेकोे छ ।

ग्राहकहरुले सम्बन्धित राजस्वको EBP No का आधारमा कारोबार गर्न सक्नेछन् र सो कारोबार रकम NPI मार्फत सम्बन्धित राजस्व खातामा जम्मा हुनेछ । अब अनलाईन मार्फत सरकारी कर तथा राजस्व भुक्तानी Connect IPS को मोबाइल बैंकिङ्ग एप्स सहित हिमालयन बैंकको मोबाईल बैंकिङ्ग एप्सबाट पनि गर्न सकिने छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंक लि. को धादिङ्ग जिल्लाको सिम्ले शाखाले धादिङवेशी नगरपालिका–६ स्थित श्री कालीदेवी …

प्रतिकृया दिनुहॊस